यो वर्ष बढी वर्षा, बाढी पहिरोको जोखिम

  • प्रकाशित मिति : April 27, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख १४। दक्षिण एसियामा गत वर्षभन्दा यस वर्ष बढी मनसुनी वर्षा हुने भएको छ । मौसमी गतिविधिमा प्रत्यक्ष असर पार्ने एलनिनो र लानिनोमध्ये बढी वर्षा गराउने लनिनोको प्रभावका कारण यो क्षेत्रमा बढी वर्षा हुने विज्ञहरुले बताएका छन् ।

एलनिनोको प्रभावका कारण अघिल्लो वर्षमा कम मनसुन वर्षा हुने भए पनि यो वर्ष पूर्ण रुपमा एलनिनोको प्रभाव नभएको र लनिनोको प्रभाव बढी भएको हुँदा मनसुनी वर्षा बढी हुने पूर्वानुमान गरिएको छ ।

विश्व जल तथा मौसम संगठनको दक्षिण एसिया क्षेत्रीय मञ्चले दक्षिण एसिया क्षेत्रमा लानिनोको प्रभाव बढी भएकाले वर्षा बढी हुने निष्कर्ष निकालेका हुन् ।