कीर्तिमानी आरोही पेम्बाले पर्यटन बोर्डको झन्डा सगरमाथामा फहराउने

  • प्रकाशित मिति : April 26, 2019
  • टुरिजम सञ्चार

काठमाडौँ, बैशाख १३। सगरमाथाको १८ पटक आरोहण गरेका कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पाले नेपाल पर्यटन बोर्डको झन्डा सगरमाथामा फहराउने भएका छन् ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल पर्यटन बोर्डको झन्डा आरोही पेम्बालाई हस्तान्तरण गरेका हुन् ।

कीर्तिमानी आरोही पेम्बा केहि दिनमै सगरमाथातर्फ जादै छन् । १९औं पटक सगरमाथा जान लागेका पेम्बाले यसपटक ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्देश प्रवाह गर्दै सगरमाथाको आरोहण गर्न लागिएको तीन देश नेपाल, भारत र चीनका तीन महिला आरोहीको संयोजनसमेत गर्दैछन् ।

नेपालकी कान्छिमाया तामाङ, भारतकी कल्पना दास र चीनका लियामु मालगायतको आरोही समूहले वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न लागेका छन् ।

वि विल राइज नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरी ओझेलमा रहेका पर्यटकीय थलोहरुको खोजी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’  अंकित झन्डालाई १३औं पटक सफल आरोहण गरिसकेका फुर्वा तेन्जिङ शेर्पाले सगरमाथामा फहराउदै छन् ।