चीनबाट ल्याइएका ६ वटा जहाज : १ वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान

  • प्रकाशित मिति : April 25, 2019
  • टुरिजम सञ्चार

काठमाडौँ, बैशाख १२।  आन्तरिक उडानमा प्रयोग गर्न ५ वर्षअघि चीनबाट ल्याइएका ६ वटा जहाजले नेपाल वायुसेवा निगमलाई एक वर्षमा ६० करोड ६१ लाख रुपैयाँ नोक्सान गराएका छन।

महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार आव २०७४/०७५ मा चिनियाँ जहाजले निगमलाई यो रकमबराबर नोक्सान गराएका हुन। निगमलाई दुईवटा एमए सिक्स्टी जहाजले ३१ करोड ६४ लाख रुपैयाँ घाटा गराएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी चारवटा वाई टुवेल जहाजले २८ करोड ९७ लाख रुपैयाँ घाटा पुर्याएको प्रतिवेदनमा उल्लेख छ ।

-नयाँ पत्रीका