भूकम्पबाट क्षतिग्रस्त सम्पदा अझै उठ्न सकेनन्

  • प्रकाशित मिति : April 25, 2019
  • टुरिजम सञ्चार

भक्तपुर, बैशाख १२। चार वर्ष अघिको विनाशकारी भूकम्पले क्षत विक्षत भएका भक्तपुरका सम्पदा अझै उठन सकेका छैनन् । विश्व सम्पदा सूचिमा सूचीकृत दरबारस्क्वायर क्षेत्रमा रहेको ५५ झ्याले दरबार पुनर्निर्माण पर्खाइ मै छ ।

२०७२ वैशाख १२ गतेको भूकम्पले भक्तपुरका ६७ वटा सम्पदा पूर्ण रुपमा क्षति भएको थियो भने ४९ वटामा आंशिक क्षति पुगेको थियो । विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिरको पुनर्निर्माण सम्पन्न भए पनि चौघेरा सत्तल अझै बन्न सकेको छै्रन ।

विश्व सम्पदा सूचिमा सूचीकृत दरबारस्क्वायर क्षेत्रमा रहेको ५५ झ्याले दरबार पनि पुनर्निर्माणको पर्खाइ मै छ । तर स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा भक्तपुरले भने सम्पदा क्षेत्रका मन्दिरहरुको पुनर्निर्माण भइरहेको बताएको छ ।

पुनर्निर्माणको काममा अनुभव नभएका ठेकेदारका कारण ढिलाइ भएको संस्कृति तथा सम्पदा संरक्षणकर्मी रविन्द्र पुरीको आरोप छ । भूकम्पबाट क्षतिग्रस्त सम्पदा पुनर्निर्माणमा सरकारले सक्रियता बढाएता पनि विभिन्न कारण देखाउँदै स्थानीय सरकार भने अल्झिरहेका छन् । पीडितलाई राहत महशुस गराउन स्थानीय सरकार सक्रिय बन्नु पर्ने आवश्यकता देखिन्छ ।