शुक्रबार देखि राजधानीमा आन्तरिक पर्यटन मेला

  • प्रकाशित मिति : April 24, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख ११। ‘पहिला देश अनि विदेश ’ भन्ने नाराका साथ आगामी बैशाख १३ र १४ गते काठमाडौंमा आयोजना हुन लागेको आन्तरिक पर्यटन मेलाको सम्पूर्ण तयारी पूरा भएकोे छ । आयोजक गन्तव्य नेपालले बुधबार पत्रकार सम्मेलन गरी निजी क्षेत्रका तर्फबाट पहिलो पटक आयोजना गर्न लागिएको यस्तो मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

आन्तरिक पर्यटन मेलामाा ७७ वटै जिल्लाका पर्यटकिय गन्तव्यबारे जानकारी प्रदान गरिने जानकारी दिएको हो । मेलामा विशेष सांस्कृतिक कार्यक्रमका साथै मुलुकका सबै जिल्लाका पर्यटकीय गन्तब्य तथा व्यापारिक गरी १०० भन्दा बढि स्टल रहने जनाइएको छ ।

मेलामा ७ वटै प्रदेशका मुख्य परिकार पनि प्रर्दशन गरिने जनाइएको छ । मेलाको २ लाख बढिले अवलोकन गर्ने लक्ष्य आयोजकको रहेको छ ।