आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य घटायो

  • प्रकाशित मिति : April 24, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख ११। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य घटाएको छ । निगमले हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको हो ।

निगम सञ्चालक समितिको सोमबार बसेको बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको र घटाइएको दर बुधबारदेखि लागू हुने जनाइएको छ ।

मूल्य घटाएपछि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार ५० अमेरिकी डलर कायम भएको छ । यसअघि प्रतिकिलोलिटर एक हजार १२५ अमेरिकी डलर रहेको थियो ।