दुर्घटनाग्रस्त तारा एयरको विमान हटाएपछि रामेछाप विमानस्थल संचालनमा

  • प्रकाशित मिति : April 23, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख १०। अवतरणका क्रममा चिप्लिएर दुर्घटनाग्रस्त तारा एयरको विमान हटाएपछि रामेछाप विमानस्थल पूनः संचालनमा आएको छ । गत सोमबार काठमाडौंबाट सोलुखुम्बुको फाप्लु उडेको विमान मौसममा खराबी आएपछि रामेछापको मन्थली विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको थियो ।

चिप्लिएर विमानस्थलमै अड्किएको विमान हटाइएपछि मंगलवार बिहानदेखिनै उडान र अवतरण सुचारु भएको हो ।अवतरणका क्रममा अनियन्त्रित बनेको जहाज चिप्लिएर पश्चिमतर्फको घाँसेमैदानमा पुगेको थियो ।१४ यात्रु सवार रहेका सो जहाजको अगाडिको केही भागमा सामान्य क्षति भएपनि ठूलो क्षति हुनबाट जोगिएको थियो ।

विमान दुर्घटना पछि काठमाडौंबाट पुगेका प्राविधिकहरुको टोलीले अनुगमन तथा परिक्षण गरी सोमवार अपरान्ह अड्किएको उक्त विमानलाई तानेर एक छेउ लगाइएपछि मंगलवारबाट सबै उडान सुचारु भएको हो ।