हेर्नुस् यस्तो छ मंगलबारको मौसम

  • प्रकाशित मिति : April 23, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख १०। देशका अधिकांश स्थानमा मंगलबार आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।
पूर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी भू–भागका केही स्थानमा मेघ गर्जन–हुरीबताससहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको उच्च हिमाली भूभागहरुका केही स्थानहरुमा हिमपातको सम्भावाना रहेको छ ।

मंगलबार राति पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली हुने सम्भावना छ । पूर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी भू–भागका केही स्थानमा मेघ गर्जन–हुरीबताससहित वर्षाको सम्भावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको सम्भावाना रहेको मौसम विज्ञान विभगले जानकारी दिएको छ ।