ऐतिहासिक शक्तिपीठ कालीमाई मन्दीरमा दर्शनार्थीको घुईचो

  • प्रकाशित मिति : April 22, 2019
  • टुरिजम सञ्चार

सिन्धुली, बैशाख ९। सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीमा अवस्थित जिल्लाकै ऐतिहासिक शक्तिपीठ कालीमाई मन्दीरमा पछिल्लो समयमा दर्शनार्थीहरुको घुईचो लाग्न थालेको छ ।

जिल्लाकै ऐतिहासिक मानिने कालीमाईमा शुद्ध भई चोखो मनले पुजा अर्चना गरे मनोकांक्ष पुरा हुने जनविश्वासले श्रद्धालु भक्तजनहरुको संख्या दिनदिनै बढदै जान थालेको हो । मन्दीरको जिर्णाेद्वारको कार्य गरिएतापनि मन्दीर परिसरमा आवस्यक धर्मशाला पुजारी घर र पाले–पहरा घरको व्यवस्था अझै हुन नसक्दा कालीमाई मन्दीरको संरक्षण र व्यवस्थापनमा अझै समस्या रहेकोे देखिएको छ ।

प्रशिद्व शक्तिपीठ कालीमाईको गुठी जग्गा तथा चल अचल सम्पति जिल्ला प्रशासन कार्यालय लगाएतका सम्बन्धित सरकारी निकायले एकिन गर्न नसक्दा कालीमाईको पुरातात्विक सम्पति समेत हराउदै जान थालेका छन् ।

धार्मिक कहावत अनुसार सिन्धुली जिल्लामा अवस्थित कालीमाई ऐतिहासिक कमलामाईकी दिदी मानिन्छिन ।कमलामाईलाई पूजा अर्चना गर्नु अगावै कालीमाईको पूजा अर्चना गर्ने प्रचलन विगत लामो समयदेखि चली आएको छ ।