इलाम, बैशाख ९। विभिन्न घटनामा संलग्न रहेको तथ्य सार्वजनिक भएपछि इलाम नगरपालिका ४ का कथित माईली पाथिभराका स्वघोषित पुजारी झमकबहादुर घिमिरे पुजारीबाट निष्काशित भएका छन् ।
घिमिरेले झापाको मेचीनगर नगरपालिका १४ का ३६ वढी व्यक्ति र वित्तीय संस्थाबाट ५७ लाख ५ हजार २ सय १४ रुपैयाँ ठगी गरी भागेर इलाम आएका थिए । घिमिरेले गत वैसाख २ गते राती करिब ३० हजार रुपैयाँ नगदसहित दानपेटिका चोरेका थिए ।
उनले कथित माईली पाथीभराको नाममा भ्रम छर्दै कर्तुत ढाकछोप गर्न नक्कली पुजारी देखी नाग निकाल्ने भन्दै हज्जारौंलाई वेवकुफ बनाएका थिए । उनको सामाजिक संजालमा समेत चर्को आलोचना हुँदै आएको छ ।