पाथीभरामा चहलपल बढ्दै, होटल खचाखच

  • प्रकाशित मिति : April 21, 2019
  • टुरिजम सञ्चार

ताप्लेजुङ्, बैशाख ८। चर्चित पाथीभरा देवि जाने बाटोको अन्तिम बस्तीको रुपमा रहेको ठुलोफेदि (माथिलो फेदी) मा रहेका होटलहरु खचाखच भरीएका थिए । विहानीको समयमा उकालो लाग्ने, पुँजा सामाग्रि खरिद गर्नेको भिडपनि उत्तिकै थियो । देश तथा विदेशबाट आएका धार्मिक पर्यटकका लागि बास तथा खानाका लागि बनाईएका यहाँका होटलहरुमा पाईलो राख्न नमिले गरी भिड देखिन्थ्यो । यहाँमात्र हैन पदयात्रा सुरु हुने तल्लो फेदि, काफ्लेपार्टीका होटलहरुमा पनि खचाखच भिड थियो ।

तल्लो फेदि, काफ्ले र माथिल्लो फेदिमा सञ्चालनमा रहेका यि होटहलहरु पाथीभरा आउनेका लागि खोजिएका हुन । सिजनमा यहाँका होटलहरु खुव चल्छन् । यतिखेर पाथिभराको सिजन चलेकाले यहाँ दशनार्थीको चाप उलेख्यमात्रमा रहेको छ । काठमाण्डौँ, नेपालका पश्चिम, पूर्वका विभिन्न जिल्ला तथा भारतका विभिन्न ठाँउबाट दशनार्थीहरु आहिरहेको न्यू झापालि होटलकी सञ्चालक सिता कार्कीले बताईन । ‘सिजनमा बढि होटल चल्छन् । सिजनकै लागि यहाँ होटल खोलिएको हो । यतिखेर आउनेहरुको संख्या धेरै छ । बर्षेनी देविको दर्शका लागि फरक फरक ठाँउबाट आउनुहुन्छ । यहाँका होटलमा बस्नका लागि व्यवस्थापन गरीरहेका छौँ’ कार्कीले भनिन ‘असोज–मंसिर र फाल्गुन–जेठमा बढि भिड हुने गर्छ ।’ यो पल्ट हिमपात हुने पुष–माघमापनि प्रसस्त दशनार्थीहरु आएको स्थानियहरु बताउँछन् ।

माथिल्लो फेदिमा १७, काफ्ले पार्टीमा १२, काफ्लेपाटी देखि माथिल्लो फेदिको विचमा ९ र तल्लो फेदिमा ४ बटा होटल सञ्चालमा रहेका छन् । यि होटलहरु यतिवेला भरीभराउ छन् । यहाँका होटल सञ्चालकहरुले व्यापार निक्कै राम्रो गरी सञ्चालन भएको देखिन्छ । काठ र जस्ताका ठुला ठुला घर बनाएर होटल सञ्चालनमा छन् । धेरै कोठा बनाईएपनि भरीभराउ देखिन्छ । चिसो मौसमममा दशनार्थीलाई खाना र बासको व्यवस्थापनमा निक्कै व्यवस्थता देखिन्छ । विहान तीन बजे देखि राति अबेरसम्म यहाँ चहलपलह देखिन्छ । जेनेरेटर चलाएर सुविधा दिएको देखिन्छ । काफ्लेपाटीसम्म सडक पुगेको छ । यहाँदेखि माथिल्लो फेदिसम्म खाद्यान्न, पुजाका सामाग्रि मान्छेलाई बोकाएर लगेर होटल तथा व्यापार चलाएको देखिन्छ ।

ठुलो फेदि देखि तल्लो फेदिसम्ममात्र हैन पाँचथर सदरमुकाम फिदिमसम्म होटलहरु खचाखच भरिएको छ । पाथीभरा आउनेलाई दृष्ट्रिगत गर्दै ताप्लेजुङको सुकेटार, ताप्लेजुङ सदरमुकाम फुङलिङ, पाँचथर सदरमुकाम फिदिममा सुविधा सम्पन्न ठुला होटलहरु सञ्चालनमा रहेका छन् । यि होटलहरुमा भरीभराउ छन् । दुई–दिन अगाडी देखि होटल बुकिङ हुने गरेको फिदिमका होटल व्यसाय बताउँछन् । पाथिभराले इलाम देखि ताप्लेजुङसम्मकै कारोबार वृद्धि गरेको बताईन्छ । ताप्लेजुङमा होटल भरीएपछि फिदिमसम्म आहिपुग्छन् । समुह बनाएर पाथीभरा आउने गरेको पाईन्छ । बस तथा जिप रिजर्भ गरेर पाथिभरा दर्शन गर्न आहिपुग्छन् । पाथिभरादेखि मन्दिर क्षेत्र संरक्षण समितिका अनुसार बार्षिक ४ लाखको हारहारीमा दशनार्थी पाथिभरा आउने गर्छन् ।

पाथिभराको निक्कै प्रख्याती रहेको छ । पाथिभरा आउने कारण मेची राजमार्गमा गाडी चाप अध्याधिक बढेको छ । नेपाली गाडीका हारहारीमा भारतीय नम्बर प्लेटका गाडीहरु कुद्न थालेका छन् । ताप्लेजुङको सुकेटारसम्म कालोपत्रे सडक रहेको छ । सुकेटार देखि काफ्लेपाटीसम्म फोरविलर साना गाडीहरुमात्र जान सक्छन् । विभिन्न ठाँउवाट गाडी रिजर्भ गरेर आउने गरेको पाईन्छ । ताप्लेजुङ सदरमुकाममा पाथिभराका लागि प्रसस्त गाडी रहेका छन् । प्रतिव्याक्ति ३ सय रुपैँया भाडा लिन्छन् । रिजर्भ गाडीहरु बढिमात्रामा चल्ने गरेको उनले बताए । पाथिभरा जानेमात्र दैनिक तीनसयको हारहारीमा गाडी चल्ने गरेको शाहले जानकारी दिए ।

पाथिभरा पूर्वमा कल्चलरको रुपमा विकास भएको छ । एकपल्ट पाथिभरा जानै पर्छ भन्ने किसिमको मान्यता विकास भएको पाईन्छ । होटलकासाथै अन्य व्यापारपनि फस्टाएको देखिन्छ । मेची राजमार्गमा पर्ने बाटोहरुमा कोशेलिको रुपमा स्थानिय सामानको विक्रि वितरणका लागि राखिएको पाईन्छ । खाजा चिया खुवाउने पशलहरु चलेका छन । चिया, खोसार्नी, ध्यू, छुर्पि ललिपप समेत प्रसस्त विक्ने गरेको छन् ।

-फिदिमटुडे