आजको मौसम : मेघगर्जनसहित पानी पर्ने

  • प्रकाशित मिति : April 18, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख ५। देशका मध्य तथा पूर्वी भेगका केही स्थानमा बिहिबार मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

देशको पहाडी भेगमा सामान्यतया बदली रहनेछ । अन्य भेगमा मौसम सामान्यत सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी पहाडी भेगका केहि स्थानमा र मध्य र पूर्वी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । यस्तै पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

रातको समयमा भने देशको पहाडी भेगमा आंशिक बदली रहनेछ । अन्य भेगमा सामान्यतः सफा रहनेछ । पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।