जुम्ला विमानस्थलमा १ महिनाको लागि उडान बन्द

  • प्रकाशित मिति : April 18, 2019
  • टुरिजम सञ्चार

जुम्ला, बैशाख ५। जुम्ला विमानस्थलमा एक महिनाको लागि उडान बन्द भएको छ । विमानस्थलको स्तरोन्नतीका लागि बैशाख ५ गते देखि २० दिन सम्मका लागि उडान बन्द हुने विमानस्थल स्रोतले जनाएको छ ।

जुम्ला विमानस्थल प्रमुख कैलाश शर्मा अनुसार पुस महिनामा आधा गरिएको निर्माण कार्यलाई पुर्णता दिनका लागि विमानस्थल बन्द गर्ने निर्णय गरिएको हो ।

बैशाख पाँच गते बाट जुम्ला विमानस्थलका सम्पुर्ण अप्रेशनहरु बन्द रहने भएका छन् । झण्डै २० दिन सम्म विमानस्थलमा उडान बन्द हुने प्रमुख शार्माको भनाई छ । स्तरोन्नती कार्यलाई छिटो सकाउनको लागि बिमानस्थल नै बन्द गर्ने निर्णय भएको हो ।

जुम्लामा तारा, सिता, समिट र नेपाल एयरलाईन्सको जहाजले दैनिक रुपमा उडान गर्ने गरेको प्रमुख शर्माले बताए । गत पुसमा निर्माण नसकिदै उडान गरिएपनि अत्याआबश्यक काम बाँकी रहेकोले स्तरउन्तीको कामलाई अघि बढाइएको छ । गएको कार्तिक देखि पुस ८ सम्म कुनै पनि जहाज जुम्लामा चलेका थिएनन् ।

जसले गर्दा जटिल खालका विरामी तथा पर्यटकहरुलाई समस्या भएको थियो । भने, फेरी विमानस्थल बन्द हुने भएपछि यहाँका नागरिकले सास्ती पाउने छन् ।

एकै चोटी हुने कामलाई दुईपटक गरेर नागरिकलाई दुख दिने काम गरेको नागरिक समाजका अध्यक्ष राज बहादुर महतले बताए ।

छिटो भन्दा छिटो गुणस्तरी तरिकाले निर्माण गर्न उनले सुझाब दिएका छन् ।