नेपालसहित ४६ मुलुकका आरोही सगरमाथा प्रस्थान

  • प्रकाशित मिति : April 16, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, बैशाख ३। सगरमाथा आरोहणका लागि सोमबारसम्म नेपालसहित ४६ मुलुकका ३ सय ६० आरोही त्यसतर्फ लागेका छन्। पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार सोमबारसम्म ४६ मुलुकका आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका छन् । यिनमा ७० महिला र २ सय ९० पुरुष रहेका छन् ।

विभागले आरोहीबाट ४२ करोड रुपैयाँ आरोहण दस्तुर संकलन गरेको छ । वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि विदेशीले ११ हजार डलर ( करिब १२ लाख रुपैयाँ ) आरोहण दस्तुर बुझाउनुपर्छ । नेपालीलाई ७५ हजार रुपैयाँ तोकिएको छ।

नेपालबाट ४ वटा आरोहण दलका १२ सदस्य छन्, जसमा ६ महिला छन् । हालसम्म सबैभन्दा धेरै भारतका ८३, अमेरिकाका ६७, चीनका ५९, बेलायतका ४०, क्यानडाका ५ आरोही सगरमाथातर्फ लागेका छन्।