भैरहवा, बैशाख ३। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पूगेको छ । विमानस्थल निर्माणको आयोजनाका अनुसार अब २० दिन भित्र धावनमार्ग कालोपत्रे सकिने भएको छ ।
यसअघि वर्षा तथा हावाहुरीका कारण कालोपत्रे गर्न समस्या भएको आयोजनाले जनाएको छ । धावनमार्ग तीन किलोमिटर लम्बाइको छ । अन्तिम सतहको कालोपत्रे साढे सात सेन्टिमिटरको हुनेछ ।
धावनमार्गको अन्तिम चरणको कामसँगै ‘ट्याक्सी वे’ पनि कालोपत्रे गरिने विमानस्थलका आयोजना प्रमुखले बताए ।