काठमाडौं, बैशाख ३। पश्चिमी वायुको प्रभावका कारण सोमबार अपराह्न देशका अधिकांश ठाउँमा वर्षा भएको छ ।सोमबार देशका अधिकांश स्थानमा वर्षा भएको मौसमविद्हरूले जनाएका छन् ।
पछिल्लो समय मौसममा आएको बदली भने अझै तीन दिनसम्म जारी रहने छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान आकाश केही खुलेपनि बेलुका पख हल्कादेखि मध्यम वर्षा हुनेछ ।
आगामी बिहीबारसम्म कुनै–कुनै ठाउँमा हल्का घाम लाग्ने भएपनि कतिपय स्थानमा बादलसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । केही दिनदेखि मौसम खराब हुँदै असिनापानी र चट्याङसहित वर्षा भइरहेको छ ।