आज चाररातेमा तेस्रो चौरी महोत्सव हुदै

  • प्रकाशित मिति : April 14, 2019
  • टुरिजम सञ्चार

पाँचथर, बैशाख १। उच्च हिमाली क्षेत्रको वन ,बाताबरण जोगाउदै फालोट क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा चिनाउने उद्देश्यका साथ आज तेस्रो चौरी महोत्सब आयोजन हदैछ । परम्परागत चौरी पालन हराउदै गएकोमा फालेलुङ गाँउपालीका अन्तर्गतका सिदीन ,प्राङबुङ ,मेमेङका चौरी पालक कृषकको अगुवाइमा चौरी महोत्सब हुँदै आएको हो ।

फालेलुङ ४ स्थित चाररातेमा एक दिने महोत्सव हुनेछ । महोत्सवको उद्घाटन प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङवोले गर्ने कार्यक्रम रहेको छ ।

तीन हजार पाँच सय ६० मिटरको उचाइमा रहेको नेपाल, भारतको वेष्ट बंगाल र सिक्किमको सिमानामा रहेको चाररातेमा नयाँ वर्षको अवसर पारेर बैशाख १ गते महोत्सव हुदै आएको छ।

महोत्सबलाइ सफल बनाउन बिभिन्न उपसमिति हरु बनाएर महोत्सबको तयारी गरीरहेको आयोजकले जानकारी दिएका छन् । १७ लाखको अनुमानित लागतमा सम्पन्न गर्ने लक्ष्य आयोजकको रहेको छ ।