आज मेघ गर्जनसहित वर्षा हुने

  • प्रकाशित मिति : April 13, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, चैत्र ३०।देशका अधिकांश स्थानमा सामान्य बदली देखि आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार देशको पूर्वी तथा मध्य भू भाग र पश्चिमी भू–भागका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशको पहाडी भु–भागमा आंसिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पहाडी भु–भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ।