बजेट अभावमा यस वर्ष गैंडा गणना नहुने

  • प्रकाशित मिति : April 12, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, चैत्र २९। बजेट अभावमा यस वर्ष गैंडा गणना नहुने भएको छ । गैंडा गणना अप्रिल र मे महिनाको बीचमा गर्नुपर्ने हुन्छ । तर यसपटक बजेट पनि नभएको र पानी परिरहेकाले घाँस पनि बढी उम्रिएकाले गणना हुन नसकेको हो ।

यस वर्ष गैंडा गणना गर्न १ करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । र, दाताहरुले ६० प्रतिशत रकम दिने आश्वासन दिएका थिए र ४० प्रतिशत सरकारले व्यहोर्ने भनिएको थियो । डब्लुडब्लु एफ, प्रकृति संरक्षण कोष, जुलोजिकल सोसाइटी अफ लण्डन दाताहरु हुन् ।

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकहरु गैंडा हात्ती हेर्नका लागि पुग्ने गर्दछन् । उनीहरुबाट निकुञ्जले टिकट काटेर निश्चित शुल्क लिने गर्दछ । त्यसबाट संकलित रकमको ५० प्रतिशत मध्यवर्ती क्षेत्रमा र ५० प्रतिशत राज्य कोषमा जम्मा हुन्छ ।