चट्याङ लागेर १ को मृत्यु, १३ जना घाइते

  • प्रकाशित मिति : April 9, 2019
  • टुरिजम सञ्चार

अछाम, चैत्र २६। अछाममा दुई छट्टाछुट्टै ठाउँमा परेको चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सोमबार साँझ पानीसँगै परेको चट्याङ लागेर पञ्चदेवलबिनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोलाका जनक रावलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर अन्य १० जना घाइते भएका छन । घाइतेमध्ये दुईजनाको अवस्थ गम्भीर रहेको छ । प्रहरीकाअनुसार घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल अछाम लगिएको छ ।

सोही नगरपालिकाको वडा नम्बर ८ बारलामा पनि सोमबार साँझ पानीसँगै परेको चट्याङले ३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि सुर्खेत लैजाने तयारी भइरहेको वडा नम्बर ८ का वडा अध्यक्ष ताराप्रसाद खानाले बताए ।