लेक लागेर स्पेनिस नागरिकको मृत्यु

  • प्रकाशित मिति : April 8, 2019
  • टुरिजम सञ्चार

सोलुखुम्बु, चैत्र २५। खुम्बु क्षेत्रमा एक स्पेनिस नागरिकको ज्यान गएको छ । खुम्बु पासङल्हामु गाउँपालिका–५ लुङदेमा गएको आइतबार बिहान ९ बजे लेक लागेर एकजना पुरुष स्पेनिस नागरिक अलबेटोको ज्यान गएको हो ।

लुक्लाबाट ७ जनाको टोली आधारशिविरतर्फ जाँदै गर्दा बाटैमा बिरामी परेका उनलार्ई थ्रिपास गेस्ट हाउसमा लगिएको थियो । उनको त्यही गेस्ट हाउसमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

एसियन एड्भेन्चर एक्सपेडिसन ट्रेक्स प्रालिमार्फत नेपाल भ्रमणमा आएका ७ जना विदेशी नागरिक मध्ये अलबेटोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुष्टि गरेको छ ।