गैंडाको आक्रमणबाट विदेशी पर्यटक घाईते

  • प्रकाशित मिति : April 8, 2019
  • टुरिजम सञ्चार

चितवन,चैत्र २५। चितवन राष्ट्रिय निकुञ्ज भित्र गैंडाको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जना विदेशी नागरिक र एक जना नेपाली गाइड रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ ।

जंगल वाकका लागि विहान ८ बजे निकुञ्ज भित्र गएका उनीहरुमाथि गैंडाले आक्रमण गरेको हो । सौराहाबाट करिब ६ किलोमिटरभित्र दुधौरा भन्ने ठाउँमा सो घटना भएको कार्यालयका प्रमुख वेदकुमार ढकालले जानकारी दिए ।

घाइते विदेशी नागरिकको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । घाईतेको परिचय भने खुलेको छैन । उद्धारका लागि निकुञ्जको टोली त्यसतर्फ गएको छ ।

जंगल वाकमा कति जना गएका थिए भन्ने खुलेको छैन । अन्यको अवस्थाका बारेमा पनि जानकारी नपाएको निकुञ्ज प्रमुख ढकालले बताए । कुनै होटलबाट नभई गाइड कार्यालयसँग सम्पर्क गरेर उनी निकुञ्जभित्र गएका थिए ।