‘पर्यटनको लागि साहित्य, साहित्यको लागि पर्यटन’ नाराका साथ अदिकवि भानुभक्तको जन्मस्थलमा कवि सम्मेलन गरिदै

  • प्रकाशित मिति : April 7, 2019
  • टुरिजम सञ्चार

तनहुँ,चैत्र २४ । अदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घामा कवि सम्मेलन गरिने भएको छ । गीतल प्रतिष्ठान तथा नाटक मञ्च नेपाल, भारत, बांग्लादेश, भुटान, चिन, जापान, म्यानमार लगायतका मुलुकहरुबाट साहित्यकारको जमघट गराइ कवि सम्मेलन गर्न लागिएको हो । चुँदीरम्घालाई साहित्यिक तीर्थस्थलका रुपमा विकास गर्ने भनिएपनि पछिल्लो समय साहित्यिक गतिविधी ओझेलमा पर्दै गएकाले कवि सम्मेलन गरी साहित्य क्षेत्रको महत्व दर्शाउन लागिएको प्रतिष्ठानका अध्यक्ष अध्यक्ष आकाश अधिकारीले बताए ।

कवि सम्मेलनका विषयमा जानकारी गारउने उद्देश्यले बुधबार दमौलीमा गरिएको पत्रकार सम्मेलनमा यही चैत २९ र ३० गते चुँदीमा अन्तर्रा्ष्ट्रिय कवि सम्मेलनको तयारी तीव्र पारिएको बताइएको छ । राष्ट्रिय विभुती आदिकवी भानुभक्त आचार्यको जन्मघर तनहुँको चुँदीरम्घामा ५औं क्षेत्रप्रताप स्मृति दिवसको अवसरमा ’पर्यटनको लागि साहित्य, साहित्यको लागि पर्यटन’ भन्ने नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष अधिकारीले जानकारी गराए ।

देश तथा विदेशबाट करिब ६० जना बढिको सहभागिता रहने उक्त सम्मेलनबाट भानुभक्त आचार्यको काम व्यक्तित्व विश्वसामु परिचित गराउने, चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र भाषिक केन्द्रको रूपमा बिकास तथा स्व. क्षेत्रप्रताप अधिकारीले साहित्य क्षेत्रमा र्पुयाएको योगदानको चर्चा गर्न टेवा पुग्ने लेखक तथा साहित्यकार डिल्लीराम मिश्रले विश्वास व्यक्त गरे ।

आयोजकका अनुसार सोही अवसरमा रात्रीकालीन साहित्यिक कार्यक्रम, भानु जन्मघरका बारेमा साहित्यकारहरुको अभिव्यक्ति र हस्ताक्षर संकलन, क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७५ प्रदान गर्ने साथै गीतल प्रभात युवा राष्ट्रिय पुरस्कार २०७५ र गीतल प्रभात प्रतिभा पुरस्कार पनि प्रदान गर्ने तयारी भएको जानकारी दिइएको थियो । त्यस्तै २९ गते ग्रामीण पर्यटन तथा होमस्टे प्रवर्द्धन समेतको उद्देश्यले पाहुँनाहरुलाई एक रात रानागाँउ स्थित होमस्टेमा स्वागत सत्कार र पहिलो चरणको रात्रीकालीन कार्यक्रम गरिने भएको छ भने दोस्रो चरणमा भानुभक्तको जन्मघर शिखर कटेरीमा मौलिक बाजागाजा सहित साहित्यिक पदयात्रा, कविहरुको हस्ताक्षर र अभिव्यक्ति संकलनको कार्यक्रम गरिने जनाइएको छ ।

नेपाल भ्रमण वर्ष सन् २०२० सफल पर्ने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम सञ्चालन

तनहुँमा पर्यटन प्रवर्द्धन गर्ने र नेपाल भ्रमण वर्ष सन् २०२० सफल पर्ने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । पर्यटकलाई आकर्षित गर्न तनहुँमा के-कस्ता सम्भावना छन् र के-कस्ता तयारी तथा कार्यक्रमको व्यवस्था गर्ने भन्ने विषयमा जानकारी गराउने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।

तनहुँको व्यास नगरपालिले दमौलीमा शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा व्यास नगरपालिकाको पर्यटन सम्भावना र भावी कार्यदिशा विषयमा छलफल गरिएको थियो । उक्त कार्यक्रममा नगरप्रमुख बैकुण्ठ न्यौपानेले पर्यटक दमौलीमा कसरी भित्र्याउन सकिन्छ त्यो कारणहरु सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकाता रहेको बताए । “हाल दमौलीमा बेच्नको लागि केही उत्पादन छैन”, न्यापानेले भने “अहिले हामीले १०८ फिटको व्यासको मुर्ती र मादी नदीमा ताल बनाउने कार्यक्रम अगाडि बढाएका छौं ।” यस्तै, प्रमुख न्यौपानले व्यास नगरपालिका धार्मिक, साँस्कृतिक, प्राकृतिक तथा ऐतिहासिक क्षेत्रले भरिपूर्ण भएकाले यसमा आवश्यक पूर्वाधार निर्माण गरी बेच्न तर्फ हामी सबै लाग्नुपर्ने आवश्यकता रहेको बताए ।

आफ्ना उत्पादनसँगसँगै पर्यटकहरुलाई यहाँका होटल व्यवसायीहरुले स्वाच्छ, सफा, गुणस्तरीय र ओगार्निक खानेकुरा खुवाउने र आकर्षित गर्ने विभिन्न कार्यक्रमहरु ल्याउन आग्रह गरे । नगरपालिकले कृषि, पर्यटन र शिक्षाको बिकासलाई प्राथमिकतामा राखेको नगरप्रमुख न्यौपानेले जानकारी गराए । कार्यक्रममा विभिन्न संघसंस्थाको प्रतिनिधित्व गर्दै उपस्थित सम्पूर्णलाई व्यास नगरपालिका पर्यटन प्रवर्द्धन शाखाका सल्लाहाकार हरिसिं गुरुङ, सेफ सुरेशचन्द्र बस्नेतले पर्यटकलाई आकर्षित गर्ने खानादेखि लिएर हरेक कुरामा स्थानीय र नेपालीपन झल्काउनुपर्ने भन्ने विषयमा सहजिकरण गरेका थिए ।

व्यास नगरपालिका पर्यटन प्रवर्द्धन शाखा समितिका संयोजक तथा व्यास नगरपालिका वडा नं. २ का अध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली खानाको वर्तमान अवस्था, अवसर र चुनौतिहरु, नेपाल भ्रमण वर्ष सन् २०२०, पर्यटन बिकास सम्बन्धी व्यास नगरपालिकाको दुरदृष्टि, भावी योजना र कार्यक्रमहरु जस्ता विषयहरुमा अन्तरक्रिया गरिएको थियो ।