प्रदेश ५ सरकारले हावाहुरी पीडितलाई एक करोड सहयोग गर्ने

  • प्रकाशित मिति : April 7, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, चैत २४ । प्रदेश ५ सरकारले बारा र पर्सामा हावाहुरीबाट प्रभावितलाई एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। प्रदेश ५ मन्त्रिपरिषद्को बैठकले प्रदेश २ सरकारको खातामा जम्मा हुने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले जानकारी दिए।

बैठकले क्यान्सर रोगको उपचार गराइरहेका प्रदेश सभाका विपक्षी दलका नेता ८२ वर्षीय बलदेव शर्मा पोखरेललाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। बैठकले प्रदेशसभा सदस्यहरूको १० लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने प्रदेश सरकारको नीतिलाई तत्कालै कार्यान्वयनमा ल्याउने निर्णय गरेको प्रवक्ता चौधरीले बताए।