बेनीमा पर्यटन महोत्सव शुरु

  • प्रकाशित मिति : April 6, 2019
  • टुरिजम सञ्चार

म्याग्दी, चैत्र २३। म्याग्दीको सदरमुकाम बेनीमा रहेको रेडियो म्याग्दी १०४.४ मेघाहर्जको आयोजनामा शनिबारदेखि पर्यटन महोत्सव शुरु भएको छ ।रेडियो म्याग्दीको ११ औँ बार्षिक उत्सव अवसरमा आयोजित महोत्सव उद्घाटन समारोहमा विभिन्न जातजातिको कलासस्कृति र बाजासहित बजार र्‍याली सुरु भएको थियो ।

वीरेन्द्रचोक बाट शुरु भएको र्‍याली बिभिन्न जातजातीले भेषभुषासहित बाजासँग न्युरोड, क्याम्पचोक हस्पिटलचोक,संगमचोक हुदै महोत्सव हुने मञ्चमा पुगेको थियो ।पर्यटन महोत्सवको उद्घाटन प्रदेश सांसद विनोद केसीले गर्ने छन ।

रेडियोको ११ औँ बार्षिकोत्सवको अवसरमा ‘‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ पर्यटन महोत्सव आयोजना गरिएको हो ।