आजदेखि काठमाडौंमा ‘रसियन किचन डे’ शुरु

  • प्रकाशित मिति : April 6, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,चैत्र २३।आजदेखि काठमाडौंमा ‘रसियन किचन डे’ शुरु भएको छ।काठमाडौंको होटल र्‍याडिशनमा शनिबार (अप्रिल ६) देखि विहिबार (अप्रिल १२) सम्म चल्ने किचन डेमा विभिन्न रसियन परिकारहरुको स्वाद लिन पाईनेछ।

किचन डेको पहिलो दिन आज स्वाद पारखीहरुका लागि १७ वटा खानाका परिकारहरु राखिएको छ।दोस्रो दिनदेखि भने ७/८ वटा खानाका परिकारहरु राखिनेछ।खानाका परिकारहरुमा धेरैजसो सुपको आईटमहरु राखिने आयोजकले जनाएको छ।

नेपालस्थित रसियन दूतावाससंगको सहकार्यमा आयोजना गरिएको किचन डेमा परम्परागत रसियन नृत्यहरुसमेत प्रस्तुत गरिने बताईएको छ।

६ दिनसम्म चल्ने किचन डेमा १ हजार बढीले रसियन खानाको स्वाद लिने अपेक्षा रहेको आयोजकले बताएको छ।