आज पूर्वी तथा मध्य भूभागमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने

  • प्रकाशित मिति : April 3, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, चैत्र २०। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशको पूर्वी तथा मध्य भूभागमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ। दिउँसो देशको पूर्वी, मध्य पहाडी तथा पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने महाशाखाकी मौसमविद् विभुती पोखरेलले जानकारी दिइन्।

‘साँझपख काठमाडौँ उपत्यकासहित मुलुकका धेरैजसो भूभागमा आंशिक बदलि हुने सम्भावना छ,’ ,’ ‘प्रिमनसुनको समय भएकाले मेघ गर्जनका साथ हावाहुरि र क्षणिक वर्षा हुनु समान्य प्रक्रिया हो।’ महाशाखाले आज बिहान प्रकाशित गरेको तीन दिने मौसमी बुलेटिनमा पनि देशका विभिन्न भूभागमा आंशिक देखि सामान्य बदली रहने उल्लेख छ। बिहीबार देशको पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदलि रहने विभागले जनाएको छ।