हावाहुरीबारे अध्यायन गर्न मौसमविद्हरुको टोली पर्सा र बारा जाने

  • प्रकाशित मिति : April 3, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, चैत्र २०। आईतबार अकस्मात आएको हावाहुरीबारे अध्यायन गर्न मौसमविद्हरुको टोली बुधबार पर्सा र बारा जाने भएका छन् ।

आईतबार साँझ एक्कासी आएको हावाहुरीले ठुलो मात्रामा जनधनको क्षति भएपछि सो को अध्यायन गर्न मौसमविद्हरुको टोली बुधबार बारा र पर्सा जाने भएका छन् । वरिष्ठ मौसमविदहरु सुजन सुवेदी र अर्चना श्रेष्ठसहित अन्य मौसमविद्हरुको टोलिले हावाहुरी प्रभावित क्षेत्रको स्थलगत अध्यायन तथा अवलोकन भएका हुन् ।

त्याे साँझ बारा र पर्सामा ४८ नटको वेगले आँधी आएको मौसमविदहरूले अनुमान गरेका छन् । यद्यपी कतिको वेगले हावाहुरी आयो ? के कारण आयो ? भन्नेबारे निर्क्यौल भएको छैन । सानो क्षेत्रमा मात्रै क्षति पुग्ने गरी हावाहुरी आउनु सामान्य विषय नभएकाले यसको अध्यायन आवस्यक भएको मौसमविद्हरुको भनाई छ ।

हावावाहुरीका कारण हालसम्म ३५ जनाको ज्यान गएको भनेपनि हालसम्म २८ जनाको मात्रै मृत्यु भएको र ३ सय ८४ जना घाइते भएको  गृहमन्त्रालयले पुष्टी गरेका छ ।