पोखरामा टुरिजम डिजिटलाईजेशन च्यालेन्ज (टिडिसी) हुने

  • प्रकाशित मिति : April 3, 2019
  • टुरिजम सञ्चार

पोखरा,चैत्र २०।भिजिट २०२० लाई सघाउ पुर्याउने उदेश्यसहित पर्यटन प्रवर्द्धन र प्रचारप्रसारमा डिजिटल रुपान्तरणका लागि पोखरामा टुरिजम डिजिटलाईजेशन च्यालेन्ज (टिडिसी) हुने भएको छ।उर्जा ल्यावको आयोजनामा हुन लागेको उक्त कार्यक्रमले डिजिटल रुपान्तरणमार्फत पर्यटन व्यवसायको विश्व बजारीकरणका सम्भावना र चुनौतीहरुलाई बाहिर ल्याउदै प्रविधिको विकास र नविनतम प्रयोगमार्फत पर्यटन प्रवर्द्धनमा सकारात्मक भुमिका खेल्न सहयोग पुर्याउने उदेश्य लिएको छ।

चैत्र २१ देखि २३ गतेसम्म लेकसाईडस्थित होटेल स्नोल्याण्डमा हुने उक्त कार्यक्रममा पर्यटन व्यवसायमा युवाहरुको संलग्नता,युवाहरुको भुमिका,पर्यटन व्यवसायका चुनौती,समस्याको पहिचान र समाधानका उपायहरूबारे रचनात्मक अन्तर्कृयासमेत हुने आयोजक उर्जा ल्यावका कार्यकारी निर्देशक विजय सापकोटाले जानकारी दिए।

३ दिनसम्म चल्ने उक्त कार्यक्रममा पर्यटन क्षेत्रको विकासका लागि आवश्यक समयन्त्रहरुबारे छलफल र रमाईलो प्रतियोगिता हुनेछ।कार्यक्रमको अन्तिम दिन अर्थात चैत्र २३ गते पोखराको अहिलेसम्मकै ठूलो उद्यम बजार लगाईने आयोजकले जनाएको छ,उक्त बजारमा स्थानीयदेखि लिएर देशैभरबाट आएका उद्यमीहरुको स्टल रहनेछ।

पर्यटकीय नगरीमा आयोजित उक्त कार्यक्रमलाई सफल पार्न नेपाल पर्यटन बोर्ड,स्थानीय होटेल तथा संस्थाहरु,क्याम्पसहरु र स्थानिय व्यवसायीहरुको समन्वयकारी भुमिका रहने आयोजकले जनाएको छ।