हावाहुरी वितण्ड : मृतकका परिवारलाई प्रदेश सरकारले ३ लाख दिने, उपचार खर्च व्यहोर्ने

  • प्रकाशित मिति : April 1, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, चैत्र १८। बारा र पर्सामा आइतबार रातिको हावाहुरीबाट मृत्यु भएका परिवारलाई तत्काल तीन लाख रुपैया उपलब्ध गराउने भएको छ। सोमबार बिहान प्रदेश २ सरकारको आकस्मिक बैठकले मृतकका परिवारलाई तत्काल तीन लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो।

प्राकृतिक विपत्तिमा परेर घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि पहल गर्ने निर्णय समेत गरेको छ। हावाहुरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख  प्रकट पनि गरेको छ ।

आइतबार राति भएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने ५०० भन्दा बढी घाइते भएका छन्। उपचारका क्रममा थप केही घाइतेको समेत मृत्यु भएको छ। सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेका छन्।