बारा र पर्सामा हावाहुरीले २८ जना भन्दा बढीको मृत्यु,घाईतेहरुको उद्धार र उपचारमा गम्भिर हुन निर्देशन

  • प्रकाशित मिति : March 31, 2019
  • टुरिजम सञ्चार

बारा,चैत १७ । हावाहुरीका कारण बारामा अहिलेसम्म २८ जना भन्दा बढीको मृत्यु भएको छ ।  प्रदेश नं. २ का प्रहरी प्रमुख  हरि पालका अनुसार मृतकको संख्या २८ नाघी सकेको छ ।  घटनामा अहिलेसम्म ४०० बढी जना घाईते भएको पालले जानकारी दिएका छन् । घटनामा घाईते भएकाहरुको उद्धार कार्य जारी रहेको छ भने सुरक्षाकर्मीहरु ईमरजेन्सी मोडमा तैनाथ भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो अधिकारिक टवीट मार्फत बारामा घटेको अप्रिय घटनाको लागि राहत स्वरुप सोमबार विहानै राहत पुरयाउने तथा मौसमले साथ दिए तत्कालै राहतको लागि नाईट भिजन हेलिकप्टर एयसवेशमा तैयार गरिएको जानकारी दिएका छन् । उक्त घटनाप्रति दुख व्यक्त गर्दे शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।