लेखनाथका पर्यटन व्यवसायीहरु बेगनास तालको प्रचारमा निस्के

  • प्रकाशित मिति : March 31, 2019
  • टुरिजम सञ्चार

पोखरा, चैत १७ । लेखनाथका पर्यटन व्यवसायीहरुको टोली गन्तव्य बेगनास तालको प्रचार गर्न पूर्वी क्षेत्रको भ्रमणका निस्केको छ । होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको टोली पर्यटन प्रवद्र्धनका लागि नेपालको पूर्वी क्षेत्रको भ्रमणमा निस्केको हो ।

नेपाल पर्यटन वोर्डसँगको सहकार्यमा व्यवसाय तथा पर्यटन प्रवद्र्धनका लागि आफूहरु प्रदेश नम्बर १ जान लागेको भ्रमण टोलीका संयोजक तथा होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका पूर्व अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए ।

उनले सुनसरीको धरान र झापाको बिर्तामोडमा पर्यटन प्रवद्र्धनबारे त्यहाँका होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुसँग अन्र्तक्रिया गरिने बताए । टोलीले सोमबार धरानका पर्यटन व्यवसायीसँग र मंगलबार झापाको बिर्तामोडका पर्यटन व्यवसायीहरुसँग अन्र्तक्रिया गर्ने तय भएको बताए ।

भ्रमणको मूख्य उद्धेश्य पर्यटन प्रवद्र्धन गर्नु रहेको संयोजक थापाले बताए । ‘गन्तव्य बेगनासताल’ मूल थिममा पर्यटन प्रवद्र्धनका लागि पूर्व जान लागेको बताए । अन्र्तक्रिया सकेर टोली दार्जिलिङसम्म पुगेर फर्किने थापाले जानकारी दिए । टोली चैत २२ गते पोखरा आइपुग्नेछ ।

भ्रमण टोलीमा होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, पूर्व अध्यक्ष तथा भ्रमण टोली संयोजक दामोदरभक्त थापा, एशोसियसनका पूर्व अध्यक्ष दुर्गाप्रसाद अधिकारी, कोषाध्यक्ष निलकुमारी थापामगरलगायतका होटल तथा रेष्टुरेण्ट व्यवसायी, पचभैया होमस्टेका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको छ ।