वर्षाले काठमाडौं उपत्यकाको जनजीवन अस्तव्यस्त

  • प्रकाशित मिति : March 31, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, चैत्र १७। काठमाडौं उपत्यकामा मेघगर्जन र हावाहुरीसहित ठूलो पानी परिरहेको छ । उपत्यकामा आइतबार बिहान हल्का पानी परेको थियो, भने साँझको समयमा हावाहुरीसहित कतिपय ठाउँमा भारी वर्षा भइरहेको छ ।

मेघगर्जनसहितको भारी वर्षा हुँदा काठमाडौं उपत्यकाको जनजीवन अस्तव्यस्त बनेको छ । पानीका कारण सडक हिलाम्मे छ, जसका कारण सडकमा सवारी साधनहरु आवतजावतमा समस्या भइरहरेको छ । यात्रुलाई आफ्नो गन्तव्यमा पुग्न असहज भइरहेको छ ।