आजको मौसम कस्तो छ त

  • प्रकाशित मिति : March 31, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,चैत्र १७। आज दिउँसो पूर्वी र मध्य भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम आंशिक बदलि रहनेछ ।

पूर्वी भू–भागहरुका केही, मध्य भू–भागहरुका थोरै र पश्चिमी भू–भागहरुका १–२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ । हिमालि भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

रातीः पूर्वी र मध्य भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुको मौसम आंशिक बदलि रहनेछ ।

देशका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ । हिमालि भेगका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।