जोरबौद्ध देखि नले सम्मको सडक कालोपत्रेको काम सुरु

  • प्रकाशित मिति : March 31, 2019
  • टुरिजम सञ्चार

सोलुखुम्बु, चैत्र १७। जोरबौद्ध गार्मा नेले देउसा रोक्ति सडक खण्डको जोरबौद्ध देखी नले सम्मको सडक कालोपत्रेको काम सुरु भएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ को गार्मादेखि थुलुङदुधकोशि गाउँपालिका वडा १ नेल सम्मको ९.८ किलोमिटर सडक कालोपत्र गर्ने काम सुरु भएको हो ।

मौसम प्रतिकुल भएमा बैशाख सम्म आयोजना सम्पन्न गर्ने गरि काम अगाडी बढाइएको निर्माण कम्पनिका प्रमुख ठेकेदार चेतनारायण श्रेष्ठले बताए । उनका अनुसार ९.८ किलोमिटर सडकको कालोपत्रे गर्ने काम भ्याट बाहेक कुल ४ करोड ३५ लाखमा सक्नुपर्ने छ । उक्त सडक कालोपत्रे भएपछि जिल्लाको थुलुङदुधकोशी, सोताङ, महाकुलुङ र माप्यदुधकोशी गाउँपालिका जाने यात्रुलाई यात्रामा सहजता आउने छ ।