यस्तो छ आजको मौसम, मौसमविद्ले दिए यस्तो चेतावनी !

  • प्रकाशित मिति : March 30, 2019
  • टुरिजम सञ्चार

काठमाडौं, चैत्र १६। पछिल्ला केही दिनहरुमा नेपालको वातावरणमा गम्भिर असर देखिएको छ । पश्चिमी वायु सक्रिय हुन थालेपछि घाम लाग्नु पर्ने सिजनमा वर्षा भइरहेको छ ।

आज बिहानै देखि काठमाडौं उपत्यका लगायतको मौसममा पनि ठुलो परिवर्तन देखिएको छ । काठमाडौं उपत्यका लगायतका देशका विभिन्न भागहरुम हल्का वर्षा भइरहेको छ । यो बिचमा यात्रामा बाहिर निक्लदा सँगै छाता वा रेककोटजस्ता कुराहरु लिएर जानुपर्ने विज्ञहरुको सुझाव रहेको छ ।

आज दिउँसोः पूर्वी र मध्य भू–भागहरुमा सामान्य बदली रहनेछ भने पश्चिमी भू(भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू–भागहरुका केहि स्थानहरुमा र पश्चिमी भू–भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको संभावना देखिन्छ । हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना छ ।

रातीः देशभर आंशिक देखी सामान्य बदली रहनेछ । पूर्वी र मध्य भू–भागहरुका थोरै स्थानहरुमा र पश्चिमी भू–भागहरुका १–२ स्थानहरुमा मेघ गर्जन सहितको क्षणिक वर्षाको सम्भावना देखिन्छ । हिमालि भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।