मौसम साकुराको (फोटो फिचर)

  • प्रकाशित मिति : March 30, 2019
  • टुरिजम सञ्चार

जापान, चैत्र १६। वसन्त ऋतुको मौसम आगमनसंगै जापानमा साकुराको चर्चा धेरै हुन्छ। विभिन्न पार्क तथा सडक गल्लीमा फुलेका साकुरा फुलले यतिवेला जापानमा रौनक थपेको छ।विद्यालय तथा विश्वविद्यालयहरुमा विदा भएका विद्यार्थीहरुले नजिकैको पार्कमा पुगेर परिवार तथा साथीभाईहरुसंग रमाईलो गर्ने गर्छन । प्रेम जोडी तथा विवाहित जोडी पनि अंगालोमा वाधिएर रमाउने गर्छन। कम्पनीका कामदार पनि विदाको दिन पारेर साकुरा हेर्न पुग्ने गर्छन।

जापानी परम्परा अनुसार साकुराको फुलसंग वसेर खाएमा वर्षभरीनै सुख शान्ति हुने विश्वास गरिन्छ । जसलाई स्थानिय भाषामा ‘हानामी’ पुष्पावलोकन भन्ने गरिन्छ । खासगरि जापानीहरु यस मौसममा साकुरासंगै ‘हानामी’मा फुलको वगैचामा भुईमा वसेर मनपर्ने खाना तथा मन लागेको पेय पदार्थ र मदिराको चुस्कीमा एक आपसमा खुलेर कुरा गर्ने गर्छन । ‘हानामी’को वसाईलाई वर्षभरीको सुखदुखको कुरा गर्ने अवसर पनि बन्ने गरेको छ । साकुरा फुलेको हेर्न विभिन्न स्थानबाट टाढाटाढाका पार्कमा पुगेर रमाईलो गर्ने जापानीहरुका लागि यसलाई अवसरका रुपमा समेत लिने गरेका छन ।

‘हानामी’ अवसर पारेर यतिवेला नेपाली लगायत विदेशी नागरिकले पनि पार्कमा पुगेरसंगै बस्ने तथा वर्षभरीको कामको वारेमा चर्चा गर्नेक्रम शुरु भएको छ । भर्खरै जापानमा अध्ययन गर्न आईपुगेका नेपाली विद्यार्थीहरु ‘हानामी’ रौनकलाई मोवाईल तथा क्यामेरामा कैद गरेर सामाजिक संजालका पेज भरेका छन ।

तस्बिर – सुशान्त बानिया