पोखरा विश्वविद्यालय : दीक्षान्त समारोहलाई लक्षित गर्दै विशेष भ्रमण प्याकेज

  • प्रकाशित मिति : March 27, 2019
  • टुरिजम सञ्चार

काठमाडौं चैत १३ । वाईल्ड स्टोन ट्राभल्स एजेन्सीले पोखरा विश्व विद्यालयको दीक्षान्त समारोहलाई लक्षित गरेर विशेष भ्रमण प्याकेज ल्याउने भएको छ ।

विगत १० वर्ष देखि निरन्तर ट्राभलको काम गर्दे आएको वाइल्ड स्टोन एडभेन्चरले पोखरा बिश्वबिद्यालयमा हुन गई रहेकोे १६औं दीक्षान्त समारोह चैत २० गते लाई लक्षित गर्दै विशेष भ्रमण प्याकेज ल्याउने भएको हो ।

दीक्षान्त समारोहमा सहभागी हुने बिधार्थीहरुलाई यो विशेष दीक्षन्त प्याकेजले भ्रमणमा सहज हुने वाइल्ड स्टोन एडभेन्चरका सञ्चालक टिका अधिकारीले बताए । विशेष दीक्षान्त प्याकेजमा २ दिन ३ रातको लागि खाना–बस्नको ब्यवस्था सहित पोखरा भ्रमणका लागीे उचित प्रबन्ध समेत रहेको छ । दीक्षान्त समारोहको चिनोको रुपमा प्रोफेशनल फोटोग्राफरबाट सम्झनाको लागी फोटो खिचिने ब्यवस्था समेत वाइल्ड स्टोन एडभेन्चरले गरेको छ ।

यसका साथै नयाँ बर्षको अवसर पारेर मुक्तिनाथ, रारा लगायत आन्तरिक पर्यटकीय स्थलहरुको लागी पनि नयाँ बर्ष बिशेष प्याकेज ल्याउने तयारी रहेको पनि संचालक अधिकारीले बताए ।