पाँचथरको चाररातेमा तेस्रो चौरी महोत्सव

  • प्रकाशित मिति : March 27, 2019
  • टुरिजम सञ्चार

पाँचथर, चैत्र १३। पाँचथरको फालेलुङ गाउँपालिकाको चाररातेमा तेस्रो चौरी महोत्सव हुने भएको छ । बैशाख–१ गते चौरी महोत्सव सम्पन्न गर्नकालागि तयारी सुरु भएको छ । यसबर्षदेखि गाँउपालिका आफै मुख्य आयोजक भएर महोत्सव हुन लागेको हो ।

पर्या पर्यटनलाई जोडेर उच्च पहाडी नेपाल–भारतको सिमानामा पर्ने चाररातेमा चौरी महोत्वस आयोजना गर्न लागिएको हो । नयाँ बर्षको अवसरमा २०७४ बैशाख– १ गते ३ समुद्र सतह देखि ३ हजार मीटर उचाईमा रहेको चाररातेमा महोत्स गर्न लागिएको हो ।

महोत्सवको इसिमोड, रिकस्ट, रेडपाण्डा नेटवर्कले सहयोग गर्ने छन् । त चौरी सस्कृतिको प्रवद्र्धन, चौरी जन्य वस्तुको उत्पादन, प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धन गर्न भन्दै महोत्सव आयोजना गर्न लागिएको हो

चौरी पर्यटनको विकास, चौरीको दुधजन्य उत्पादनको आन्तरीक तथा वाह्य बजारको विस्तार, जैविक विविधताको संरक्षण गर्दै जरिवुटि उद्यान निर्माण गरी चरण क्षेत्रको दिगो व्यवस्थापनको पहल, लेकाली क्षेत्रमा पदमार्गको विकास गरी क्ररवोर्डर टुरीजम र चौरी पर्यापर्यटनको विकास गर्ने उद्देश्य महोत्सवको रहेको छ ।