घुमन्तेहरुको रोजाईमा पाँचथरको कालापानी

  • प्रकाशित मिति : March 26, 2019
  • टुरिजम सञ्चार

टुरिजम संचार, चैत्र १२। घुमन्तेहरुको रोजाईमा पाँचथरको याङवरक गाँउपालिका ६ मा पर्ने कालापानी रोजाईको गन्तव्य बनेको छ । पुग्नलाई नजिक र सानो ठाँउ भएपनि आर्कषक रहेकाले यो रोजाईको विषय बनेको छ ।

कुम्भकर्ण, कञ्चनजंगा लगायतका हिमशृखला नजिक झै देखिन्छ । पोखरीमा हिमाल डुबेझै देखिने दृष्यमा जो कोहि मोहित हुने गरेको पाईन्छ । फराकिलो चौरको छेउमा पोखरी बनाईएको छ । यहाँ पर्यटन विकासकालागि भन्दै पोखरी, आरामका कक्ष लागयतका पूर्वाधारहरु थपिएको छ। पोखरीमा हिमाल, वरीपरीको पहाड छाँया पर्दा आर्कषक देखिने गरेको पाईन्छ।