बौलाहा स्यालको आतङ्क, ११ जना गम्भीर घाईते

  • प्रकाशित मिति : March 26, 2019
  • टुरिजम सञ्चार

चैनपुर, चैत्र १२। बझाङमा बौलाहा स्यालले आतङ्क मच्चाएको छ । जिल्लाको बुङ्गल नगरपालिकामा बैलाएको स्यालले टोकेर एघार जनालाई घाइते बनाएको छ । दिउसै हिडिरहेका उनीहरुलाई बाटोमा टोकेको बताईएकाे छ ।

घाईते हुनेमा बुङ्गल न.पा ८ को जल्जली र दासापाका स्थानीय रहेका छन् । स्यालले टोकेर गम्भीर घाईते भएका उनीहरुको जिल्ला अस्पताल सिमखेत चैनपुरमा भइरहेको छ । केहीलाई भने उपचार सम्भव नभएपछि कोहलपवुर रेफर गरिएको जिल्ला अस्पताल सिमखेतले जनाएको छ । बौलाहा स्यालले मानिसलाई मात्रै नभएर पशु चौपायहरुलाइ समेत टोक्ने गरेको स्थानीयले बताएका छन् ।

केही दिन अघि स्यालकै टोकाइबाट घाइते भएकी सोही स्थानकी सुना ऐडीको अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ । त्यसैगरी बौलाहा स्यालको टोकाइबाट दर्जनौं पशु चौपाय घाईते भएका छन् । यो आतङका कारण वालवालिकालाई समेत स्कुल पठाउन त्रास बढेको बुङ्गल नगरपालिका–५ का स्थानीय वीरबहादुर भण्डारीले बताएका छन् ।