ललितपुर, चैत्र १२। ललितपुर महानगरपालिका वडा १६ मा बुधबार देखि वृहत कला तथा सांस्कृतिक महोत्वस हुने भएको छ । वल्र्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा गरेको अवसरमा उक्त महोत्सव हुन लागेको हो । यो वडा विश्व सम्पदामा सूचिकृत पाटन दरवार क्षेत्र, लिच्छिवीकालीन, मल्लकालीन मूर्त अमूर्त सम्पदा संस्कृतिले भरिएको वडा हो ।
६० प्रतिशतभन्दा बढी जनसंख्या हस्तकला उत्पादन र ब्यवसायमा केन्द्रीत भएकोले सांस्कृतिक एवं हस्तकलाको वडाका रुपमा विकास गर्ने लक्ष्यसाथ वडा कार्यालयले यो महोत्सव आयोजना गरेको हो ।
महोत्सबमा जीवित देवी कुमारी दर्शनका साथै धातुकला, काष्ठकला, चित्रकला, मूर्तिकला, तामाका भाँडाकुडा, विभिन्न संस्कारमा बज्राचार्य पूजाविधि, परम्परागत भेषभूषादेखि रातो मच्छिन्द्रनाथ बनाउने विधि समेत प्रदर्शनी गरिने जनाइएको छ ।
चैत्र १३ देखि ५ दिनसम्म विहान १० बजेदेखि राति ८ बजेसम्म हुने यस महोत्सवमा दैनिक सांस्कृतिक कार्यक्रमका साथै विभिन्न नेवार परिकारको स्टल समेत रहने आयोजकले जनाएका छन् ।