महेन्द्रनगरस्थित पर्यावरणीय पार्क अतिक्रमणको चपेटामा

  • प्रकाशित मिति : March 23, 2019
  • टुरिजम सञ्चार

कंचनपुर, चैत्र ९। कञ्चनपुरको महेन्द्रनगरस्थित पर्यावरणीय पार्क अतिक्रमणको चपेटामा परेको छ । ४ दशकअघि १ सय बिघा रहेको पार्कको क्षेत्रफल अहिले ३५ बिघामा सीमित भइसकेको छ भने पार्कभित्रका रुख धमाधम मासिँदासमेत नियामक निकाय आफ्नो जिम्मेवारी नभएको भन्दै पन्छिँदै आएका छन् ।

डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार रुखसहित जग्गा नगर विकास समितिलाई हस्तान्तरण गरेकाले संरक्षणको दायित्व सोही निकायको हो । रुख मासेको रंगेहात पक्राउ परेको बाहेक अन्य विषयमा आफूहरुले हस्तक्षेप गर्न नमिल्ने डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख मोहनराज काफ्ले बताउछन्  । डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुखले भने रुख बेचेबापतको रकम नगर विकास समितिले नपाउने भएकाले संरक्षणमा उदासीन भएको हुन सक्ने टिप्पणी गरे ।

सरोकारवाला निकायबीच जिम्मेवारीबोधको अभावको परिणामस्वरुप नगरपालिकाभित्रको एकसय विघाको हरियाली क्षेत्र कटौती हुँदै गएको छ । जिम्मेबारी कसको भन्ने सम्बन्धमा देखा परेको मतभेदलाई दुवै निकायको समन्वयमा निराकरण गरी यस क्षेत्रको हराभरालाई कायम राख्नुपर्छ ।