कालीगण्डकी नदी माथी नेपालकै लामो झोलुङ्गेपुल

  • प्रकाशित मिति : March 23, 2019
  • टुरिजम सञ्चार

टुरिजम संचार, चैत्र ९। बागलुङ सदरमुकामदेखि पर्वतको पाङ जोड्ने नेपाल कै सबैभन्दा लामो झोलुङ्गेपुल निर्माण गर्नको लागि शनिबार राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शिलान्यास गरेका छन ।

यो लामो पुल बनाउने प्रबिधि नेपालमा नभएको र चिनबाट नयाँ प्रबिधि ल्याएर पुल निर्माण गर्न लागिएको हो। नेपाल कै प्रसिद्ध कालीगण्डकी नदी माथी निर्माण हुने ५ सय ६७ मिटर लामो पुल निर्माण गर्न सस्पेन्सन पुल बिभाग मार्फत भएको बोलपत्र अनुसार कामको जिम्मेवारी थानी रबिएलटि रहिमशिखर जेभी निर्माण कम्पनीले संयुक्तरूपमा पाएपछि काम अगाडि बढेको बागलुङ नगरपालिकाले जनाएको छ ।

७ करोड ९७ लाख रूपैयाँ लागतमा निर्माण हुने पुल २०७७ साल असार मसान्तसम्ममा सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । नेपालमा अहिलेसम्म धेरै पुलहरू निर्माण भए पनि ३ सय ६० मिटरभन्दा लामो बनेको छैन ।

बागलुङ र पर्वतको पाङ जोड्ने यो पुल निर्माण भएमा पर्वत र बागलुङको दुरू ३० मिनेट कम हुनेछ । यो निर्माण भएमा बागलुङ जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ठूलो भुमिका खेल्ने निश्चित छ ।