सानो फेवाताल संरक्षणको पर्खाइमा

  • प्रकाशित मिति : March 23, 2019
  • टुरिजम सञ्चार

म्याग्दी, चैत्र ९। सानो फेवाताल भनिने म्याग्दीको मंगला गाउँपालिका ३ स्थित बरंजाका दहताल संरक्षणको पखाईमा छ । तालको सौन्दर्यले त्यहाँ पुग्ने जो कोहीलाई लोभ्याउँछ । तर, प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा छ ।

हेर्दा निलो, आसपासका घर, खेतबारी अनि आकाशको निलो छायाँ । ताल नजिक रहेको मन्दिर तालभित्रै रहेको अनुभूति । बरंजाका दहतालको विशेषता हो ।

मौसम सफा हुँदा बिहानीपख ताल टलक्क टल्किने भएकाले पनि डुंगा सयर अविश्मरणीय हुन्छ । तालमा रहेको बराह मन्दिरलाई फेवाताको बराह देवताको भाई मानिन्छ । ताल र बराहथानको दर्शन तथा पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।