२५ हेक्टर क्षेत्रफलको जडीबुटी जलेर नष्ट

  • प्रकाशित मिति : March 23, 2019
  • टुरिजम सञ्चार

बर्दघाट,चैत्र ९। पश्चिम नवलपरासीको चिसापानी सामुदायिक वनमा शुक्रबार आगलागी हुदा २५ हेक्टर क्षेत्रफलमा लगाइएको जडीबुटी जलेर नष्ट भएको छ ।

जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर २ स्थित सो वनमा शुक्रबार दिउसो आगलागी भएको हो । सो वनको कुल क्षेत्रत्रफलको ३० हेक्टरमा आगलागी भएकोमा आगलागीबाट २० हेक्टर क्षेत्रफलमा लगाइएको विभिन्न जडिबुटीहरु जलेर नष्ट भएको चिसापानी सामुदायिक वनका अध्यक्षले जानकारी दिए ।

वनमा एक्कासी आगलागी भएपछी चिसापानी सामुदायिक वनका कार्य समिति सदस्य, पदाधिकारी, ईलाका प्रहरी कार्यालय बर्दघाट, लालीगुरासं जडिबुटी महिला समुहका पदाधिकारी सहितको सयूक्तको लामो प्रयासपछि आगो नियन्त्रणमा आएको वनका अध्यक्षले जानकारी दिए ।

शुक्रबार दिउसो करिब साढे १२ बजे आगलागी भएकोमा साझ सोढे ६ बजे मात्र नियन्त्रणमा आएको हो । चिसाापनी सामुदायिक वन कुल ४ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।