समिट एयरले धनगढी देखी साँफेबगर उडान थाल्यो

  • प्रकाशित मिति : March 22, 2019
  • टुरिजम सञ्चार

अछाम, चैत्र ८।  समिट एयरद्धारा पहिलो पटक धनगढी देखी साँफेबगर उडान भर्न सुरु गरेको छ । फागनु २२ गते नेपालगञ्ज देखी साँफेबगर परिक्षण उडान गरेको समिट एयरले आजबाट साँफेबगर धनगढीका लागि नियमित उडान भर्न सुरु गरेको हो ।

नियमति उडान भएसंगै यस क्षेत्रका जनतालाई आवत जावत गर्न सहज हुने भएको छ । पहिलो चरणमा हप्ताको एक दिन शुक्रबार नियमित उडान गर्ने समिट एयरले जनाएको छ ।

धनगढी देखी साँफेबगरसम्मका लागी ३३ सय ५० भाडादर कायम  गरिएको छ । यसअघि नेपाल एयरलाईन्सले नेपालगञ्ज देखी साँफबगरका लागि नियमित उडान भर्दै आईरहेको छ ।