झाँक्रीपानीमा भ्युटावर निर्माण सुरु

  • प्रकाशित मिति : March 22, 2019
  • टुरिजम सञ्चार

म्याग्दी, चैत्र ८। ८ हजार १६७ मिटर अग्लो धौलागिरी हिमालको दृष्य नजिकबाट अवलोकन गर्न सकिने मंगला गाउँपालिका–४ झाँक्रीपानीमा भ्युटावर निर्माण कार्य सुरु गरिएको छ । धौलागिरि, निलगिरि, अन्नपुर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुच्छे लगायतका दर्जनौ हिमालहरु देख्न सकिने झाँक्रीपानीमा पर्यटकहरुको आकर्षणका लागि भ्युटावर निर्माण गर्न लागिएको हो ।

२७ मिटर उचाईमा रहेको सो ठाउँमा गाउँपालिकालको १० लाख र सांसद भुपेन्द्र बहादुर थापाको पहलमा १० लाख बजेट र स्थानीयको जनश्रमदानद्धारा भ्युटावार निर्माण सुरु गरिएको छ ।

झाँकीपानीमा छन्त्याल र मगर जातीको कलासस्कृति, गुरासे वनजंगल, स्थानीय परिकारका खाना, आमासमुहको पुर्खौली भजन कृतनहरु पुग्ने पर्यटकको लागि प्रमुख आकर्षण हुन् ।