सबिन रेग्मी/ पोखरा, चैत्र ७। रंगहरुको पर्व फागु पूर्णिमा पोखरामा भव्य रुपले मनाइएको छ । पोखराको विभिन्न ठाउँबाट होली खेल्दै अधिकांश युवायुवतीहरु पोखराको लेकसाइडमा होली खेल्न पुगेका थिए ।
सडक किनारमा युवायुवतीहरु एक आपसमा रंग दल्दै होलीको शुभकामना समेत आदान प्रदान गरेका थिए ।