१७ वटा विदेशी एयरलाइन्सको बक्यौता उठेन

  • प्रकाशित मिति : March 21, 2019
  • टुरिजम सञ्चार

काठमाडौं,चैत्र ७। नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालमा उडान रोकेका १७ वटा विदेशी एयरलाइन्सबाट बक्यौता उठाउन सकेका छैनन। ती एरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी रहेको ४ करोड ८४ लाख रुपैयाँ उठाउन कडाइका साथ पहल पनि भएको छैन ।

नेपालका कार्यालय बन्द गरिसकेका ती विदेशी एयरलान्स सम्पर्क बिहीन छन। बक्यौता रकम जहाज अवतरण (ल्यान्डिङ), पार्किङ, (विमान), एष्यर नेभिगेसज (सञ्चार तथा उड्डयन सहाय सेवा), विमानस्थल विकास शुल्क, घरभाडासहितको रकम हो ।